बैंकको कर्जा विस्तार आक्रामक, एक सातामा २४ अर्ब कर्जा प्रवाह

काठमाडौं, २३ चैत । पछिल्लो समय बाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । आर्थिक गतिविधि बढ्दै जाँदा बैंकहरुको कर्जा विस्तार आक्रमक रुपमा बढाएका हुन् ।

उद्योगधन्दा, व्यापार व्यवसायले गतिपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन गर्ने भन्दा कर्जाको माग गर्ने धेरै देखिएको छ ।

चैत महिनाको तेस्रो सातामा मात्रै बाणिज्य बैंकहरुले २४ अर्बले कर्जा विस्तार गरेका छन् । जवकी यहि सातामा ३९ अर्बले मात्रै निक्षेप बढेको छ ।

चालू आवको चैत २० गतेसम्ममा बैंकहरुले कुल ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

चैत महिनाको १३ गतेसम्ममा बैंकहरुले २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

बैंकहरुले चैत महिनाको पछिल्लो एक साता अर्थात ६ देखि १३ गतेसम्ममा मात्र १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

फागुन महिनाभरीमा बैंकहरुमा कुल ३९ अर्ब निक्षेप संकलन गरी झन्डै दोब्बर कर्जा लगानी गरेका छन् ।

वैदेशिक रोजगारमा गएका नेपालीले पढाउने रेमिट्यान्स बढिरहेको छ । साथै साथै कोभिड १९ का कारण होटल तथा मनोरञ्जनका क्षेत्रहरु बन्द हुँदा निक्षेपकर्ताको पैसा जोगिरहेको छ ।

सर्वसाधारणको खर्च भन्दा बचत धेरै हुँदा पछिल्लो समय निक्षेप संकलन बढिरहेको विश्लेषकहरु बताउँछन् । फागुनको पहिलो साता १२ अर्ब निक्षेप संकलन गरी १७ अर्ब कर्जा लगानी गरेका बैंकहरुले त्यसयता हरेक साता २० अर्बभन्दा बढी कर्जा लगानी गरेका छन् ।

बैंकिङ प्रणालीमा तरलता कायमै रहेकाले बैंकहरुले निक्षेप संकलनमा भने खासैध्यान दिएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here