शेयर बजारमा नयाँ रेकर्ड, चार कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, २३ चैत । साताको दोस्रो कारोबार दिन पनि शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार नेप्से परिसूचक १.१३ प्रतिशत बढेर २६५८.७४ अंकमा पुगेसंगै शेयर बजारको अंक अहिलेसम्मकै उच्च स्थानमा पुगेको हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि नयाँ रेकर्ड बन्यो । इन्डेक्स १.०९ प्रतिशत बढेर ४७१.८४ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो ।

सोमबार इन्भेष्टमेन्ट, निर्जीवन बीमा कम्पनी, बैकिङ्ग, विकास बैंक, जीवन बीमा र फाइनान्स बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै इन्भेष्टमेन्ट समुहको सूचक घट्यो । इन्भेष्टमेन्टको सूचक ०.८४ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक बढ्यो । यस समुहको सूचक ३.२४ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङ समुहको २.९९ प्रतिशत बढ्यो ।

आइतबारको तुलनामा आज कारोबार रकममा भने केही कमी आएको छ । आइतबार ९ अर्बको कारोबार भएकोमा आज २ सय १२ कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आज चार कम्पनीका लगानीकर्ता मालामाल भए । आइतबार ओमी लघुवित्त, एनआईसी एसिया लघुवित्त, रिडी विद्युत कम्पनी र सानिमा जनरल इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो ।

सबैभन्दा धेरै गोरखाज फाइनान्सका शेयर धनीले गुमाए । कम्पनीको शेयर मूल्य ४.१२ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार अपर तामाकोशी हाइड्रोपावरले गर्यो । कम्पनीले ३४ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here