यी हुन् लगानीकर्ताको रोजाइमा रहेका पाँच कम्पनी, कुनको कारोबार कति ?

काठमाडौं, २३ चैत । सातको दोस्रो दिन लगानीकर्ताको रोजाइमा अपर तामाकोशीको शेयर परेको छ ।

आइतबार पहिलो नम्बरमा पारेको निफ्रालाई पछि पार्दै अपर कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा देखिएको हो ।

त्यसदिन अपर तामाकोशीको ३४ करोड ७५ लाख ६८ हजार ९३ रुपैयाँ बराबरको ३ लाख ९१ हजार २०७ कित्ता शेयर खरिद–बिक्री भएको छ।

८६२ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर ४६ रुपैयाँ बढ्दै ९०८ रुपैयाँमा कारेबार बन्द भएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको शेयर कारोबारको दोस्रो नम्बरमा परेको छ । त्यसदिन आइएमई जनरलको ३१ करोड ३४ लाख ९६ हजार १७४ रुपैयाँ बराबरको २ लाख ३४ हजार १६५ कित्ता शेयर खरिद–बिक्री भएको छ।

१३१३ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर १६ रुपैयाँ घटेर १२९७ रुपैयाँमा कारोबार बन्द भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर कारोकारको तेस्रो नम्बरमा परेको छ । त्यसदिन निफ्राको २८ करोड ९४ लाख ६३ हजार ८२८ रुपैयाँ बराबरको ५ लाख ३५२ कित्ता शेयर खरिद–बिक्री भएको छ।

५८१ रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर ४ रुपैयाँ घटेर ५७७ रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबारको चौंथो नम्बरमा हिमालयन जनरल इन्स्योरेन्स शेयर परेको छ । त्यसदिन उक्त कम्पनीको २५ करोड २५ लाख ५२ हजार २९९ रुपैयाँ बराबराको ३ लाख २५ हजार ८७६ कित्ता शेयर खरिद–बिक्री भएको छ।

कारोबारको पाँचौ नम्बरमा नेपाल दूरसञ्चार कम्पनीको शेगर परेको छ । उक्त कम्पनीको १९ करोड ५ लाख ५० हजार ६२९ रुपैयाँ बराबरको १ लाख ४२ हजार २८३ कित्ता शेयर खरिद–बिक्री भएको छ।

आज शेयर बजार मापक सूचक नेप्से १.१३ अंकले बढेर २६५८.७४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ७ अर्ब २९ करोड ६७ लाख ५६ हजार १५६ रुपैयाँ बराबरको १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता शेयर किनबेच भएका छन् ।

सोमबार कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ वटा समूहको परिसूचक राताम्मे भएका छन् । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १३२.६५ अंकले बढेको छ भने निर्जीवन बीमा समूह सबैभन्दा धेरै १०६.६१ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१२ कम्पनीमध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको मूल्यमा गिरावट आएको छ । २० कम्पनीको मूल्य स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here