मृत्यु भएका हितग्राहीहरुको शेयर हकदावी कसरी गर्ने ? यस्तो छ प्रक्रिया

काठमाडौं । मृत्यु भएका हितग्राहीहरुको शेयर हकदावी गर्नको लागि केही प्रक्रियाहरु पूरा गर्नुपर्ने व्यवस्था छ ।

यसको लागि पूरा गर्नुपर्ने प्रक्रिया निम्न छ

हकवाला व्यक्तिले TRF का साथ निम्न बमोजिम कागजात संलग्न गरि डिपीलाई निवेदन दिनु पर्छ । हकवाला व्यक्तिले नामसारी निवेदन फारम (transmission request form-TRF) का साथ निम्न कागजात संलग्न गरि डिपीलाई निवेदन पेश गर्नु पर्छ ।

– मृत्यु दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,

– मृतकको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

– हकवालाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

– नाता प्रमाणित प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

– हकवालाको मन्जुरीनामा

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here