नेपालमा एकैदिन २६६ जना कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

फाइल फोटो

काठमाडौं, २३ चैत । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ४५३६ जनाको पीसीआर परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ३४२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या चार जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३६पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here