कोरोना संक्रिमतको संख्या बढ्यो, २४ घण्टामा भेटिएका अधिकांश काठमाडौंका

काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार भेटिएका संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएका छन् ।

आइतबार काठमाडौंमा ८७, ललितपुरमा ८ र भक्तपुरमा ४ गरी उपत्यकामा ९९ जना संक्रमित भेटिएका थिए । यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ३४२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या चार जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३६पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here