संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

काठमाडौं, २४ चैत । बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा बार्सिलोनाले १-० को संघर्षपूर्ण जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको हो । बर्सिलनाको जितमा खेलको ९०औ मिनेटमा ओसुमान डेम्बेलेले निर्णायक गोल गरेका थिए ।

यस खेलमा खेलको ७९औ मिनेटमा ओस्कार प्लानोले रातोकार्ड पाएर मैदान छोडेपछि भल्लाडोलिड १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि बार्सिलोना दोस्रो स्थानमा उक्लिदै शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग केबल एक अंकले पछाडी रहेको छ ।

बार्सिलोनाको २९ खेलमा ६५ अंक छ भने एटलेटिकोको २९ खेलमा ६६ अंक रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २९ खेलमा ६३ अंक रहेको छ । त्यसैगरी भल्लाडोलिडको २९ खेलमा २७ अंक छ र लिगमा १६औ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here