थप २६० जनामा कोरोना संक्रमण पुष्टि, ११३ जना डिस्चार्ज

काठमाडौं, २४ चैत । नेपालमा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएकोपीसीआर परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११३जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ४५५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रिय संक्रमितको संख्या १ हजार ९ सय ७९ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३६पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here