धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा

काठमाडौं, २४ चैत । नबिल बैंकले काठमाडौंको धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले तरकारी खरिद गरेको पैसा क्यूआर कोडमार्फत भुक्तानी गरी क्यूआर भुक्तानी सेवा सुरु गरे ।

अब धुम्बराही तरकारी तथा फलफुल केन्द्रमा जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरू र धुम्बराही तरकारी तथा फलफुल केन्द्रका कार्यकारी सदस्यहरु एवं विक्री केन्द्रका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिन नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।

अहिले बैंकको साथमा देशभर ३ हजार बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेको जनाइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here