मेरो शेयरमा आएको समस्याको लागि हामी मात्रै जिम्मेवार छैनौं, अर्को साताबाट कुनै समस्या आउँदैन : सिईओ सिडीएससी

काठमाडौं, २४ चैत । मेरो शेयरमा आउने समस्याको लागि सिडीएससी मात्रै जिम्मेवार नभएको सिडीएससीका सिईओ पुर्ण प्रसाद आचार्यले बताएका छन् ।

मंगलबार आर्थिक पत्रकाहरुसँगको अन्तरक्रियामा बोल्दै उनले पूँजी बजारमा धेरै संस्था आबद्द भएकाले एकमा समस्या आउँदा अर्को प्रभावित हुने गरेको बताए । कहिले इन्टरनेट राम्रो नचल्दा समेत सिडिएससीलाई दोषारोपण गरिने गरिएको उनको भनाई थियो ।

अर्को साताबाट कुनै समस्या आउँदैन

सीईओ आचार्यले मेरो शेयरको समस्या समाधानका लागि गत हप्ता २ वटा सफ्टवेयर जडान गरिएको जानकारी दिए । प्रविधि तत्काल जडान भएकाले अर्को सातादेखि समस्या नहुने उनको भनाई थियो ।

मेरो शेयर प्रयोगकर्ता र डिम्याट खाता बढ्दै जानुले पनि मेरो शेयरमा समस्या आएको उनले दावी थियो ।

गत आवको अन्त्यमा मेरो शेयर प्रयोगकर्ता ६ लाख रहेकोमा २३ लाख पुगेको उनले बताए । त्यस्तै, डिम्याट खाता १७ लाख बाट ३३ लाख पुगेकाले प्रयोगकर्ता ह्वात्तै बढ्ता पनि समस्या आएको उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here