काठमाडौं, २५ चैत । लोक सेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका अप्राविधिकमा ठूलो संख्यमा आवेदन माग गरेको छ।
आयोगले सूचना जारी गरी विभिन्न पदमा साढे ४०० भन्दा बढी पदमा आवेदन माग गरेको हो।
आयोगका अनुसार खुला तथा समावेशी पदमा प्रयोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरिएको हो।
योग्यता पुगेका उम्मेदवारले आयोगका कार्यालयहरू धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले माग गरेका विभिन्न पदमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। उक्त विभिन्न पदमा अनलाइनमार्फत पनि आवेदन दिन सकिने जनाइएको छ। आवेदनका लागि http://psconline.psc.gov.np/ मार्फत आवेदन दिन सकिने छ।

























