सिंगटी हाइड्रोको आइपीओमा १२ लाख ९० हजारको हात रित्तो

काठमाडौं, २७ चैत । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण शेयर आइपीओमा १२ लाख बढीको हात खाली भएको छ ।

क्यापिटलका अनुसार गोलप्रथाबाट भाग्यमानी २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको छ।

आएपीओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको मेघा क्यापिटलले जनाएको छ । कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो।

त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।

कम्पनीले हाल दोलखामा २५ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ५ अर्ब ५० करोड रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ ।

सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड, यस्तो छ नतिजा हेर्ने सजिलो तरिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here