आइपीएल आजबाटः मुम्बई र बेङ्गलोर भिड्दै, मोबाइलबाट यसरी हेर्नुहोस् लाइभ

काठमाडौं, २७ चैत । भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण आजबाट सुरु हुँदै छ । चेन्नाईमा सुरु हुने प्रतियोगितामा गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्गलोर भिड्दै छन् ।

भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढिरहेको बेला चौधौं संस्करणको आईपीएल क्रिकेट प्रतियोगिता हुन लागेको हो । कोरोना महामारीका कारण गत वर्ष आईपीएलको तेह्रौं संस्करण दुबईमा आयोजना गरिएको थियो ।

मोबाइलबाट लाइभ हेर्नको लागि लागि फेसबुकमा ओपिएन स्पोर्टस लाइभ (Opn sports live) सर्च गरेर त्यसमा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here