यी हुन नेपाल टेलिकमको सेवा लिन डायल गर्नु पर्ने नम्बर

काठमाडौं, २३ जेठ । देशकै जेठो दूरसञ्चार कम्पनी नेपाल टेलिकमका ग्राहक संख्या २ करोड नाघिसकेको छ । कम्पनीले दर्जनौं भ्वाइस तथा डाटा सेवा प्रदान गरिरहेको छ ।

मोबाइल फोन, ल्याण्डलाइन, डाटालगायत सेवा सञ्चालन गरिरहेको टेलिकमका कतिपय सेवा तथा सुविधा लिनका लागि अंकको कोड प्रयोग गर्नु पर्ने हुन्छ । तर सबै कोडहरु सम्झिन सकिंदैन, त्यसैले क्लाउडपत्रिकाले नेपाल टेलिकमका कोडहरुको जानकारी यहाँ प्रस्तुत गरेको छ ।

यदि तपाई पनि नेपाल टेलिकमको ग्राहक हुनुहुन्छ भने यो कुरा तपाईको लागि पनि उपयोगी हुन सक्छ ।

— मोबाइलको व्यालेन्स चेक गर्न एस्ट्रिकसँग ४०० अनि ह्याश चिन्ह (*४००#) डायल गर्नु होस ।

— आफ्नो मोबाइल नम्बर थाहा पाउन *९# डायल गर्नुहोस् ।

— कल फरवार्ड गर्नको लागि **२१* कल फरवार्ड गर्न चाहेको नम्बर # डायल गर्नुहोस् ।

— कल फरवार्ड क्यान्सिल गर्नको लागि ##००२# डायल गर्नुहोस् ।

— कल वेटिङ सेवा सुरु गर्नको लागि *४३# डायल गर्नुहोस् ।

— कल वेटिङ सेवा क्यान्सिल गर्नको लागि #४३# डायल गर्नुहोस् ।

— प्रिपेड मोबाइलबाट अर्को नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न *४२२* सेकुरिटी कोड * ब्यालेन्स ट्रान्सफर गर्ने नम्बर * ट्रान्सफर गर्ने रकम # डायल गर्नुहोस् ।

— आफ्नो मोबाइलको सेकुरिटी कोड प्राप्त गर्नको लागि एससिवडिई लेखेर १४१५ मा म्यासेज गर्नुहोस् ।

— पुक कोड थाहा पाउन पुक लेखेर १४१५ मा म्यासेज गर्नुहोस् ।

— पोस्पेड मोबाइलमा आईएसडि सेवा थप्नको लागि #३३१*००००# डायल गर्नुहोस् ।

— आईएसडि सेवा हटाउन *३३१*००००# डायल गर्नुहोस् ।

— भ्वाईस प्याक र डाटा प्याकसम्बन्धि नयाँ नयाँ अफरहरु थाहा पाउनको लागि १४१५ डायल गर्नुहोस् र आफूलाई चाहिएको अफर छान्नुहोस् ।

— बाँकी डाटा र भ्वाईस प्याकको बारेमा थाहा पाउनको लागि *१४१५*५# डायल गर्नुहोस् ।

— मोबाइलमा सिआरबिटी राख्नको लागि *१४१५# डायल गरि आएको निर्देशनहरुलाई पालना गर्नुहोस् ।

— नेपाल टेलिकमको नम्बर इनक्वारी सेवाको लागि १९७ मा फोन गर्नुहोस् ।

— नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस् ।

— ल्याण्डलाईन टेलिफोन मर्मतको लागि १९८ मा फोन गर्नुहोस् ।

— मोबाइलमा टेलिभिजन हेर्नको लागि मोबाइलको प्ले स्टोरमा गएर वाउ टाईम्स सर्च गरि डाउनलोड गर्नुहोस् ।

(नेपाल टेलिकमकी इञ्जिनियर प्रोमिशा मिश्रको फेसबुक वालबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here