काठमाडौं, २ बैशाख । भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्लो २४ घण्टामा एक लाख ९९ हजार ५ सय ६९ संक्रमित थपिएसँगै नयाँ रेकर्ड बनेको हो । यो नै दोस्रो लहर शुरु भएसँगै थर्पिको संक्रमित हाल सम्मकै उच्च हो ।
योसहित त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३७ जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या १ लाख ७३ हजार पुगेको छ।
यसअघि (बुधबार) वैशाख १ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै अमेरिकामा ७८ हजार ३ सय, ब्राजिलमा ७६ हजार, टर्कीमा ६२ हजार ७ सय, फ्रान्समा ४३ हजार ५ सय तथा जर्मनीमा ३२ हजार ५ सय जनामा संक्रमण पुष्टि भएसँगै एकै दिन विश्वभर ८ लाखभन्दा बढी संक्रमित थपिएका छन्। एजेन्सी