‘फास्ट एण्ड फ्युरियस ९’ को दोस्रो ट्रेलर सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘फास्ट एण्ड फ्युरियस’ को नवौँ सिरिजको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । हलिउडमा हिट फ्रेनचाइज मध्यको एक यस फिल्ममा दर्शकले कारको स्ट्न्डलाई हेर्न पाउछन ।

यसमा गरिने रोड एक्सनको पनि दर्शकहरु फ्यान छन् । ट्रेलर सार्वजनिक भएसँगै दर्शकले यसमा चर्चित रेस्लर तथा अभिनेता जोन सिनालाई देख्न पाएका छन् । उनको उपस्थितिले फिल्मलाई झनै प्रतिक्षित बनाएको छ ।

भिन डिजल केन्द्रित फिल्मलाई ‘दि फास्ट सागा’ भनिएको छ । फिल्मलाई जस्टिन लिनले निर्देशन गरेका हुन् । पछिल्लो सिरिज सकिएकै स्थानबाट यसको कथा अगाडी बढ्ने समेत जनाइएको छ । मिशेल रोड्रिग्ज़, जोरदाना ब्रूस्टर, टाइरिस गिब्सन र लुडाक्रिस लगायतका कलाकारहरु पनि फिल्ममा छन् ।

भारत र अमेरिकामा जून २५ तारिखबाट सञ्चालनमा आउने यो फिल्म बेलायतमा भने ८ जुलाईबाट मात्रै प्रर्दशनमा आउने बताईएको छ ।

-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here