रुरु जलविद्युतको आइपीओ बाँडफाँड शुक्रबार बिहान

काठमाडौं, २ बैशाख । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार क्यापिटलको कार्यलयमा शुक्रबार बिहान ८:३० बजे आइपीओ बाँडबाँड हुन लागेको हो ।

कम्पनीले चैत्र २० गतेदेखि चैत्र २४ गतेसम्म सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता शेयर निष्कासन गरेको थियो । जसमा माग भन्दा ६२ गुणबढी आवेदन परेको थियो ।

निष्काशित कुल सेयरमध्ये २ प्रतिशत (८,१५४ कित्ता) कम्पनीका कर्मचारी, ५ प्रतिशत (२०,३८५ कित्ता) सामूहिक लगानी कोषहरुलाई र बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो ।

सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता शेयर बाँडफाँड गरि सकेको छ ।

कम्पनीले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । माथिल्लो हुग्दीले २०७१ चैतदेखि विद्युत उत्पादन गर्दै आएको छ । यसमा पनि माग भन्दा धेरै परेको हुनाले १० कित्ता पर्नपनि भाग्यकै भरमा पर्नु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here