सीईबीडी हाइड्रोपावरलाई आइपीओ निष्काशनको अनुमति

काठमाडौं, २ बैशाख । सीईबीडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीले बोर्डमा आइपीओ जारी गर्न अनुमति माग्दै आवेदन दिएको ४ वर्षपछि अनुमति पाएको हो । कम्पनीले २०७४ असार २७ गते बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले यसअघि नै आइपीओ निष्काशनका लागि सनराइज क्यापीटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

कम्पनीले हाल चार वटा हाइड्रोपावर आयोजना निर्मण गरिरहेको छ । कम्पनीले ११ मेगावाटको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी पहिलो, ५ मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा हाइड्रोपावर निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here