नयाँ वर्षको पहिलो कारोबारमा नेप्सेको रेकर्ड, लगानीकर्ताको रोजाइमा ‘निफ्रा’

काठमाडौं, २ बैशाख । नयाँ वर्ष २०७८ को पहिलो कारोबारको दिन शेयर बजारले नयाँ वर्षलाई स्वागत गदैृ नयाँ रेकर्ड बनाएको छ ।

२०७८ को पहिलो कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

बिहीबार नेप्से २०.१ अंकले बढेर २७३५ अंकमा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। केही दिनयता नेप्सेले निरन्तर नयाँ अंकको रेकर्ड बनाउँदै आएको छ।

त्यस दिन लगानीकर्ताको रोजाइमा बैंकको शेयर परेको छ । ५ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा पुगेर बढ्दाँ पनि कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा पहिलो नम्बरमा एनआइसी एशिया लघुवित्तको शेयर परेकोे छ ।

केहीदिन देखि दैनिक रेकर्ड बनाउँदै आएको एनआइसी लघुवित्तको शेगर त्यसदिन ४९ करोड ८९ लाख ६३ हजार ९९८ रुपैयाँ बराबरको २ लाख ६९ हजार १३५ कित्ता शेयर खरिद–बिक्री भएको छ।

कारोबार शुरु भएको केहिछिनमा उक्त कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेर १६९ रुपैयाँ बढ्दै १८६८ रुपैयाँमा कोरोबार भएको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर कारोकारको दोस्रो नम्बरमा परेको छ । त्यसदिन निफ्राको ४९ करोड ८७ लाख ३४ हजार २७३ रुपैयाँ बराबरको ८ लाख ३५ हजार ५७० कित्ता शेयर खरिद–बिक्री भएको छ।

५८५ रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर १० रुपैयाँ बढेर ५९५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा तेस्रो नम्बरमा एनआइसी एशिया बैकको शेयर परेको छ ।

त्यसदिन एनआइसी एशियाको ३२ करोड ६२ लाख ८० हजार९९४ रुपैयाँ बराबरको ३ लाख ३१ हजार ५५५ कित्ता शेयर खरिद–बिक्री भएको छ।

९७० रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर ९ रुपैयाँ बढ्दै ९७९ रुपैयाँमा कारोबार बन्द भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here