बजार पूँजीकरण पौने ३८ खर्ब , लगानीकर्ताको सम्पत्ति एकैदिन २९ अर्ब वृद्धि

काठमाडौं, २ बैशाख । बैंकिङ समूहप्रति लगानीकर्ताहरू उत्साहित हुँदा नेपाली शेयर बजार पूँजीकरण रकम पनि हालसम्मकै उच्चविन्दुमा पुगेको छ ।

नेप्सको अनुसार नयाँ बर्ष २०७८ को पहिलो कारोबार दिन बिहीबार बजार बन्द हुने अवधिसम्म पूँजीकरण रकम ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख ६५ हजार बराबर कायम भएको हो ।

यो हालसम्मकै सर्वाधिक हो भने देशको कुल जीडीपीभन्दा पनि बढी हो । आज लगानीकर्ताको सम्पत्ती २९ अर्ब बढेको छ । शेयर बजार मापक सूचक नेप्से २०.६७ अंकले बढेर २७३५.४६ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँ बराबरको १ करोड ९० लाख २० हजार १४६ कित्ता शेयर किनबेच भएका छन् ।

बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र व्यापार बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक बीमा समूहको परिसूचक सबैभन्दा धेरै ९०.१८ अंकले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै ९९.६५ अंकले घटेको छ ।

कारोबारमा आएका २१८ कम्पनीमध्ये ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको मूल्यमा गिरावट आएको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।

नयाँ वर्षको पहिलो कारोबारमा नेप्सेको रेकर्ड, लगानीकर्ताको रोजाइमा ‘निफ्रा’

दोहोरो अंकले बढेको शेयर बजारमा नयाँ रेकर्ड, ८ कम्पनीका लगानीकर्ता मालामाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here