ओलीको आक्रोश-‘सभामुख अराजक र अनैतिक काममा लागेर संसदलाई बन्धक बनाए’

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाप्रति आक्रोश पोखेका छन् ।

बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा ओलीले सभामुखमाथि आक्रोश पोखेका हुन्।

बैठकबाट बाहिरिएका राप्रपाका नेता प्रकाशचन्द्र लाहनीले प्रधानमन्त्री ओलीले संसदीय काम कारबाहीमा सभामुखले भाँजो हालेको आरोप लगाएको बताए ।

ओलीले संसदमा अवरोध गरेर सरकारलाई काम नै गर्न नदिएको समेत आरोप लगाए। ‘उहाँले संसद्‍मा गर्नुपर्ने काम नगरेर असहयोग गरिरहे, काम नै गर्न दिएनन्। ‘

अराजक र अनैतिक काम गरिरहेका छन्’ ओलीको भनाइलाई उदृत गर्दै उनले भने। उनले बैठकमा ओलीलाई आफ्नो पार्टीको तर्फबाट ५र७ बुँदा दिएको समेत बताए।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता बालकृष्ण खाँड, विमलेन्द्र नीधि तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायत नेता सहभागी थिए ।

प्रधानमन्त्री ओलीले समसामयिक राजनीति, संसद् अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाएका थिए। यसअघि गत मंसिर २३ मा पनि ओलीले सर्वदलीय बैठक आह्वान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here