गृहमन्त्री बादलको सांसद र मन्त्री पद गुम्यो

काठमाडौं ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा बादल सांसदबाट पदमुक्त भएका छन् ।

माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रहेका बादललाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले रिक्त भएको जानकारी गराएका हुन् ।

सांसद पदमा नरहेपछि उनको मन्त्री पद पनि गुमेको छ । तर,सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था रहेको छ । उनले मन्त्रीका लागि पुनः शपथ लिनुपर्नेछ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो।

मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो। सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here