जसपाका कार्यकर्तासहित १२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, १५ बैशाख । सरकारले जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्तासहित १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ ।

सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् ।

उनले यसरी मुद्दा फिर्ता लिएका व्यक्तिहरुको सूची सार्वजनिक गरिने र यो क्रम चलिरहने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here