राष्ट्रियसभामा बादलविरुद्ध विपक्षीका साझा उम्मेदवार खिमलाल देवकोटा

काठमाडौं, २२ बैशाख । राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलविरुद्धमा विपक्षीपार्टीले साझा उम्मेद्वार बनाएका छन् ।

उपनिर्वाचनमा विपक्षी पार्टीहरू कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले खिमलाल देवकोटालाई साझा उम्मेदवारको रूपमा अघि सार्ने भएका छन्।

माधव नेपाल समूह निकट रहेका डा. देवकोटाले माओवादी केन्द्रको चुनाव चिन्हबाट उपनिर्वाचन लड्ने भएका छन् ।

वागमती र लुम्बिनी प्रदेशका दुई सिटको लागि जेठ ६ गते उपचुनाव हुने भएको छ । माओवादीका रामबहादुर थापा बादल र चन्द्रवहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि ती दुई स्थान रिक्त भएका थिए ।

मंगलबार र बुधबार कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेको माधव नेपाल पक्षबीच भएको छलफलपछि लुम्बिनीमा कांग्रेसलाई सघाउने तथा वागमतीमा प्रचण्ड–माधव पक्षलाई सघाउने सहमति भएको स्रोतले जनाएको छ ।

बादल निर्वाचित बागमती प्रदेशमा रिक्त स्थानमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ।

प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष समेत रहिसकेका उनले २०७६ असारमा व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए। उनी संघीयता विज्ञका रूपमा परिचित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here