विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

काठमाडौं, २६ बैशाख । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोना कहरका कारण महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको हो।

मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले उक्त निर्णय गरेको प्रवक्ता शरदराज पाठकद्धारा जार िविज्ञप्तिमा उल्लेख गरिएको छ ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मंसिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।

महाधिवेशनको अर्को तिथि तय गरिने पनि बैठकले निर्णय गरेको छ। उक्त बैठकले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here