नेपाल, पौडेल र नेम्वाङबीचको निर्णायक वार्ता विनानिष्कर्ष टुंगियो

फाइलफोटो

काठमाडौं । सत्तारुढ दल एमालेमा चर्किएको विवाद मिलाउन आइतबार सिंहदवारमा बसेको ओली र नेपाल पक्षबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

ओलीको प्रतिनिधि बनेर आएका नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र माघव नेपालबीचको वार्ता विनानिष्कर्ष टुंगिएको हो।

उनीहरुबीच फेरि वार्ता हुनेछ। नेता नेपाल निकट नेताले भने, ‘फेरि वार्ता गर्नेगरी सिंहदरबारको वार्ता सकिएको छ।’

उनका अनुसार दुबै पक्षले आ आफ्नो समूहमा सल्लाह गर्ने गरी वार्ताबाट उठेका हुन्। वार्तापछि बोल्दै सुवास नेम्वाङले वार्ता सकररात्मक रहेको बताएका छन्। उनले ओली र नेपालबीच फोन वार्ता भएपछि आफूहरु वार्तामा बसेको भन्दै फेरि वार्ता हुने जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here