गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

काठमाडौं, २६ बैशाख । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्।

गुरुङले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने एकदिन अघि नै प्रदेश प्रमुख सीता पौडेललाई बझाएका हुन्।

मुख्यमन्त्री गुरुङले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफ्नो राजिनामा दिउँसो प्रदेश प्रमुख पौडेललाई बुझाएका छन्।

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका हुन्। उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो।

मुख्यमन्त्रीले राजीनामासँगै धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आह्वान पनि गरेका छन्।

संविधानको धारा १६८ का उपधारा २ मा मन्त्रिपरिषद गठनसम्बन्धी व्यवस्था गरिएको छ।

सो धाराको उपधारा ३ मा भनिएको छ,‘ प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here