यस्तो छ सोमबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार भोलिको बैठकमा जम्मा २ वटा सम्भावित कार्यसूची छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने र सभामुख सापकोटाले नै प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनय गर्ने सम्भावित कार्य सूची छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । भोलि नै दोस्रो बैठक बस्ने र दोस्रो बैठकमा अविश्वास प्रस्तावमाथि मतदान हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here