काठमाडौं । स्मार्टफोन हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । विशेषगरी कोरोनाको कारण हामी घरभित्रै छौं यो समयमा झनै स्मार्टफोनको प्रयोग बढी हुन्छ ।
जब स्मार्टफोन अधिक प्रयोग हुन्छ त्यसको चार्ज पनि छिटो सकिन्छ । जसको कारण फोन बारम्बार चार्जमा राख्नुपर्छ । फोन चार्ज गर्दा हामी प्रायः त्यस्ता धेरै गल्तीहरू गर्छौं जुन फोनका लागि हानिकारक हुन्छ । जुन निम्न छ ।
रातभर चार्ज गर्नु
रातभर फोन चार्जमा नराख्नुहोस् । धेरै पटक हामी रातमा फोन चार्जिंगमा राख्छौं र दिनभर चलाउछौं । यसले स्मार्टफोनको ब्याट्रीलाईफ घटाउछ, र फोनको ब्याट्री पनि चाँडै बिग्रन्छ ।
२० प्रतिशत चार्ज हुँदैमा चार्ज गर्नुहोस्
धेरै पटक हामी फोन चार्जिंगमा बेवास्ता गर्छौं र जबसम्म फोन आफै बन्द हँदैन् तबसम्म चार्ज गर्दैनौं । तर त्यसो गर्नाले फोनको ब्याट्रीमा ठूलो असर पार्दछ । यदि तपाईं आफ्नो फोनको ब्याट्रीलाइफ बढाउन चाहनुहुन्छ भने २० प्रतिशत ब्याट्री बाँकी हुँदैमा चार्जमा राख्नुहोस् ।
एउटै चार्जर प्रयोग गर्नुहोस्
फोनको ब्याट्री खराबीबाट बचाउन र लामो समय सम्म चलाउन, आफ्नो स्मार्टफोनलाई सक्कली चार्जरबाट मात्रै चार्ज गर्नुहोस् । यदि तपाईं अर्को चार्जरबाट फोन चार्ज गर्नुहुन्छ भने, यसले तपाईंको फोनको ब्याट्रीलाई असर गर्दछ ।
चार्ज गर्नु अघि कभर हटाउनुहोस्
हामी फोनलाई बिग्रिनुबाट बचाउन सधै कभरको प्रयोग गर्दछौं । तर, कभरको साथ चार्ज गर्दा फोन छिटो तातो हुन्छ । त्यसकारण फोन चार्जमा राख्नुअघी फोनको कभर हटाउनुहोस् । (एजेन्सीको सहयोगमा)