एउटै तालमा कसरी मर्यो ४० टन बराबरको लाखौँ माछा ?

काठमाडौं । लेबननको एउटा कृत्रिम तालमा एकसाथ लाखौँ माछा मरेका छन् । ती माछाको तौल कम्तीमा पनि ४० टन भएको अनुमान गरिएको छ ।

स्थानीय बासिन्दाले प्रदूषणका कारण माछा मरेको आशङ्का व्यक्त गरेका छन् ।

तर, सरकारी अधिकारीहरूले कुनै रोगले त्यसो भएको हो कि भन्ने सम्भावनालाई खण्डन गरिसकेका छैनन् ।

ति माछा रोगका कारण मरेका हैनन् भने कसैले जानीजानी यसो गरेको हुनसक्ने त्यहाँको करौन बाँध विभागका अधिकारी नसरल्लाह एल हजले बताएका छन् ।(बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here