‘साना लगानीकर्तालाई शेयर विक्री बापतको रकम तत्काल दिनू’ -धितोपत्र बोर्ड

काठमाडौं,३० बैशाख । ब्रोकर कार्यालयहरुले बढीमा तीन जना कर्मचारीबाट मात्र कारोबार सञ्चालन गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ ।

कार्यालयको सिष्टम सञ्चालनका लागि बढीमा ३ जना कर्मचारी मात्र उपस्थित गराउन र सिष्टम सर्पोट र सूचना प्रविधिसम्बन्धी काम घरबाटै गर्न पनि बोर्डले निर्देशन दिएको हो ।

यस्तै, साना लगानीकर्ताको शेयर विक्रीबापतको रकम तत्काल भुक्तानी गर्न धितोपत्र बोर्डले ब्रोकरलाई निर्देशन दिएको छ ।

साना लगानीकर्तालाई दैनिक घर खर्च वा औषधि उपचारकालागि शेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धीत ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराउनु पर्ने बोर्डद्धारा जारी सूचनामा छ ।

गत वर्ष देखि लगानीकर्तालाई प्रत्यक्ष उपस्थित नभइ अनलाइनमार्फत धितोपत्र कारोबार गर्न सक्ने बनाइएको हुँदा सिष्टम सञ्चालन गर्न बाहेक सबैलाई भौतिक उपस्थित नभइ काम गर्न निर्देशन दिएको छ ।

कार्यालयको सिष्टम सञ्चालनका लागि बढीमा ३ जना कर्मचारी मात्र उपस्थित गराउन र सिष्टम सर्पोट र सूचना प्रविधिसम्बन्धी काम घरबाटै गर्न पनि बोर्डले निर्देशन दिएको छ ।

संक्रमण देखिएका बिरामीलाई आइसोलेसनमा राखेर यथाशिध्र उपचार गर्न तथा नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड र व्यवस्थाहरु पूर्ण रुपमा पालना गर्न पनि बोर्डले ब्रोकरलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here