अक्सिजनजन्य स्वास्थ्य सामाग्री आयातका लागि डलर सटही सुविधामा सीमा नलाग्ने

काठमाडौं, ३० बैशाख । नेपाल राष्ट्र बैंकले अक्सिजनजन्य स्वास्थ्य सामाग्री आयातका लागि डलर सटहीको सुविधा हटाएको छ ।

अक्सिजन सिलिण्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामाग्रीहरु आयात गर्दा डलर सटहीमा लाग्ने सीमा असार मसान्तसम्मको लागि हटाएको हो ।

राष्ट्र बैंकले बिहीबार एक सूचनाजारी गर्दै कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएकोले स्वास्थ्य समस्यामा सघाउन उक्त निर्णय गरेको जनाएको छ ।

अहिले प्रतितपत्र बिना ड्राफ्ट/ टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको सूचनामा उल्लेख गरिएको छ ।

यद्यपि, टीटीमार्फत सटही प्रदान गर्दा २५ हजार डलरभन्दा बढीको सटहीमा भने लाभग्राहीको ‘बिजनेस क्रेडिबिलिटी इन्फरमेसन’ राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सिफारिसमा गरेको कारोना औषधिजन्यको सामाग्री आयतको हकमा एउटै बीजकबाट अमेरिकी डलर एक लाख ड्राफ्टर टीटीको माध्यमबाट भुत्तानी गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

सोभन्दा बढीको आयातमा भने स्वास्थ्य सेवा विभागको सिफारिसमा राष्ट्र बैंकको अनुमति लिनुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here