थप ८९६० जनामा कोरोना पुष्टी, २१४ जना संक्रमितको मृत्यु

काठमाडौं, ३० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ७७१ जनाको पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ५०५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ । २ज्ञ४ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ४४६६ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here