सीइडीबी हाइड्रोपावरको आइपीओ शुक्रबार बिहान बाँडफाँड हुने

काठमाडौं, ३० बैशाख । सीइडीबी हाइड्रोपावरको आइपीओ बैशाख ३१ गते बाँडफाँड हुने भएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार बिहान ११ बजे भर्चुअल माध्यमबाट आइपीओ बाँडफाँड गर्न लागेको हो ।

आइपीओमा माग भन्दा बढी आवेदन परेकाले शेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट शेयर बाँडफाँड हुनेछ ।

सीइडीबीले वैशाख १७ गतेबाट २१ गतेसम्म कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

जसमध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिने व्यबस्था थियो ।

आइपीओमा १७ लाख ३६ हजार ७०० जनाले २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको तुलनामा ११.२५ गुणा बढी हो ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको २३ लाख ४१ हजार ९५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने देखिएको छ । १५ लाख २ हजार ५०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here