अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई

काठमाडौं, ३१ बैशाख । काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई आजबाट अक्सिजन व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ ।

बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवको कार्यकक्षमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा भएको छलफलले यस्तो निर्णय गरेको हो ।

कोरोना संक्रमणका बिरामी थपिँदै जाँदा अक्सिजनको चरम अभाव भइरहेका बेला स्वास्थ्य मन्त्रालयले अक्सिजनको ब्यबस्थापन गर्ने भएको हो ।

यस्तै काठमाडौं उपत्यका बाहिरका सबै अस्पतालमा आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिका व्यवस्था भने अस्पतालको समन्वयमा जिल्ला कोभिड संकट व्यवस्था केन्द्र (डीसीएमसी) ले गर्ने व्यवस्था मिलाइएको छ ।

बैठकले चिकित्सकको सिफारिस बाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न, भएका सिलिण्डर नजिकको अस्पताल र स्थानीय प्रशासनमा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना आव्हान गर्न पनि निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here