गण्डकी ८ मा १० शैय्याको आइसोलेसन सञ्चालनमा

गोरखा, ३१ बैशाख । गण्डकी गाउँपालिका वडा नम्बर ८ घ्याल्चोकमा १० शैय्याको आइसोलेसन तयार भएको छ ।

घ्याल्चोक स्वास्थ्य चौकीमा एक डाक्टरसहित आइसोलेसनमा सेवा शुरु गरिसकेको वडा अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए ।

सो आइसोलेसनमा हाल ६ ओटा अक्सिजन छ । थप ४ ओटा अक्सिजनको सिलिन्डर लिएर अक्सिजन भर्न लगिएको रेग्मीले बताए ।

रेग्मीका अनुसार हाल सो आइसोलेसनमा २ जना विरामी छन् । अक्सिजन आवश्यक पर्ने विरामीलाई मात्र सो आइसोलेसनमा राखिने अध्यक्ष रेग्मीले जानकारी दिए ।

अरुलाई डाक्टरले जाँच गरेर होम आइसोलेसनमा बस्न पाइन्छ । अक्सिजन दिएर मात्र नहुने विरामीलाई भने स्थानीय सरकारले नै केन्द्र वा अन्य अस्पतालमा पुर्याइदिने वडा अध्यक्ष रेग्मीले बताए ।

आईसोलेसनमा गण्डकी गाउँपालिका सबै वडाका विरामीको उपचार गरिने छ । गण्डकी गाउँपालिकामा हालसम्म कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here