ललितपुरले तोक्यो निषेधित क्षेत्र, यी क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं, १ जेठ । ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकेको छ।

रातो मच्छिन्द्रनाथको रथ यात्रामा हुन सक्ने हुलदंगा वा अशान्तिलाई मध्यनजरमा राख्दै शनिबार बिहान ६ बजेदेखि बुधबार राति १० बजेसम्मको लागि प्रशासनले निषेधित क्षेत्र तोकेको हो।

प्रशासनले विभिन्न सरोकारवालाहरूसँग छलफल गरेर जेठ १ गते प्रतिकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने र खटमा राखेर बुङ्गमती पुर्‍याउने निर्णय गरेको थियो।

यस वर्षको रातो मच्छिन्द्रनाथको रथ यात्रालाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर न्यून संख्यामा उपस्थित भइ रथारोहण गर्न लागेको हो।

आदेश उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

यी हुन रथरोहणका लागि तोकिएका निषेधित क्षेत्र :

रातो मच्छिन्द्रनाथको रथ रहेको आसपासको क्षेत्र,

पूर्व मदन स्मारक स्कुल अगाडिको चोक,

रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको बारुण यन्त्र रहेको क्षेत्र,

सेन्ट जेभियर्स स्कुल अगाडिको चोक,

लविम मल पश्चिमपट्टीको सडक,

मिन नाथको रथ रहेको आसपासको क्षेत्र,

गणेशस्थान मन्दिर,

टवहाल चोक,

इति चोक,

टंगल र चक्रवहिली गल्ली ।