थप ८१६७ जनामा कोरोना पुष्टी, १८७ जना संक्रमितको मृत्यु

काठमाडौं, १ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ९७१ जनाको पीसीआर र ५७७ एन्टिजेन परीक्षणमा ८१६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ५४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ । १८७ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ४८५६ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here