ओमानबाट ५६० सिलिण्डर अक्सिनज काठमाडौं आइपुग्यो

काठमाडौं, १ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ओमानबाट ठाएको ५ सय ६० अक्सिजन सिलिण्डर काठमाण्डौंमा आइपुगेको छ ।

संघले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट सो अक्सिजन काठमाडौं पठाइएको हो ।

यसैबीच मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा आज (शनिबार १५ मे, २०२१) मा ओमानबाट ५ सय ५० सिलिन्डर अक्सिजन नेपाल ल्याइएको हो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूताबास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर रु ७५ लाख बराबरको रहेको छ ।

ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्टर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको संघले जानकारी दिएको छ ।

‘नेपाल ल्याइएका ती अक्सिजन सिलिन्टर तत्तकान कोरोना संक्रमितहरु समक्ष पुगोस भनेर भोलि (आइतवार) नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको जानकारी गराउँदछौँ,’ उसले एक विज्ञप्तिमा बताएको छ ।

कोभिड – १९ महामारीमा गम्भीर र जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधी तथा अन्य स्वास्थ्य सामग्रीको माग बढीरहेको छ । देशको पछिल्लो स्वास्थ्य सम्बन्धी संकटलाई मध्यनजर गर्दै संघले यसअघिनै विश्वव्यापी रुपमा सहयोग संकलनको अभियानको सुरुआत गरेको विज्ञप्तिमार्फत बताएको छ ।

यसै अभियानमार्फत विदेशस्थित राजदूताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको पनि उसको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here