इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै, करिब ६ लाखले पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता प्राथमिक साधरण शेयर (आइपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आगामी जेठ ३१ हुने साधरण सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव लैजाने बताईएको छ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय लैनचौर, काठमाडौंमा हुनेछ ।

आइपीओ जारी गर्ने प्रस्ताव गत वर्ष नै पारित गरे पनि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको थिएन । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।

आइपीओ निष्काशन गर्न कम्पनीले सिभिल क्यापिटललाई शेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here