कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन

काठमाडौं, १३ जेठ । कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ।

कोरोना र निमोनियालगायतबाट पीडित उनको ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचारका क्रममा विहिबार बिहान निधन भएको पारिवारिक स्रोतले बताएको छ।

चार दशकदेखि कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए ।

मल्ललाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। मल्ल २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुख बनेका थिए। मल्लका १ छोरा र १ छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here