‘कामचलाउ सरकारले मतदाता प्रभावित गर्ने गरी बजेट नल्याउनू’

काठमाडौं, १३ जेठ । निर्वाचन आयोगका पाँच पूर्व प्रमुख आयुक्तहरूले ‘मतदाता प्रभावित बजेट’ नल्याउन आग्रह गरेका छन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र दोलखबहादुर गुरूङ्गले संयुक्त विज्ञप्ति गर्दै उक्त आग्रह गरेका छन् ।

सरकारले मतदाता प्रभावित गर्ने गरी बजेट ल्याउन सक्ने आशंका हुन थालेपछि आयुक्तहरूले त्यसले समान प्रतिस्पर्धा र स्वच्छ र स्वतन्त्र निर्वाचन प्रभावित गर्न सक्ने हुने हुँदा सचेत गराएका हुन् ।

विज्ञप्ति गर्दै भनेका छन्-‘प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिध्दान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्‍न प्रभाव पार्नेगरी लक्षीत कुनै किसिमका नयां नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं ।’

त्यसअतिरिक्त वक्तव्यमा उनीहरूले भनेका छन्, ‘साथै, यस विषयमा आफ्नो संबैधानिक दायित्वको ख्यालगरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउनेछ भन्‍ने हामीले विश्वास लिएका छौं ।’

महामारीबीच राष्ट्रपति-प्रधानमन्त्रीले संविधान छल्दै प्रतिनिधि सभा भंग गरी २०७८ कात्तिक र मंसिरमा मध्यावधि चुनावको मिति घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here