माइक्रोफाइनान्सका अधिकांश कम्पनीको शेयर मूल्यमा भारी गिरावट

काठमाडौं, १३ जेठ । माइक्रोफाइनान्स समूहको शेयरमा भीषण पहिरो गएको छ । राष्ट्र बैंकको कडाइपछि बजार खुलेको पहिलो दिन करिब एक घण्टाको अन्तराल ११:५० बजेसम्ममा बजार ३० अंकले घटेको छ ।

अधिकांस रुपमा घट्नेमा माइक्रोफाइनान्स कम्पनी रहेका छन् । यस समूहको परिसूचक ४ प्रतिशतभन्दा धेरैले (करिब २३६ अंकले) घटेको छ ।

अधिकांश कम्पनीहरुको शेयरर मूल्यमा भारी गिरावट आएको छ । साधना, लक्ष्मी, गुराँस, सामूदायिक, महिलाको शेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर किनबेच गर्न नपाउने व्यवस्था गरेपछि त्यसको प्रभाव बजारमा परेको हो ।

विहिबार १२ बजेसम्ममा कारोबारमा आएका २०२ कम्पनीको ७९ लाख ५५ हजार २३४ कित्ता शेयर ४३ हजार ९३४ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ३० करोड १२ लाख १२ हजार ५ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ८कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here