प्रतिनिधिसभा विघटनको रिटको सुनुवाइ गर्न को-को परे संवैधानिक इजलासमा ?

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानि इजलास गठन गरेका छन्।

बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाएका प्रधानन्यायाधीश राणाले शुक्रबार चार जना छानेका हुन् ।

प्रधानन्यायाधीश राणाले न्यायपरिषद्ले बनाएको सूचीबाट चार जना न्यायाधीश छानेका छन् । पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।

आज संवैधानिक इजलासमा ११ रिटको पहिलो सुनुवाइ हुँदैछ। अरू १९ रिट पनि हिजो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गम्भीर संविधानिक व्याख्या गर्नुपर्ने भन्दै यही इजलासमा पठाएका छन्।

विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले संसद पुनः स्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री घोषण गर्न माग गर्दै संवैधानिक इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेर रिट दर्ता गराएका छन् । संवैधानिक इजलासमा सुनुवाइको माग गर्दै ११ वटा रिट दर्ता भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here