बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ ।

संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने भएकाले बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here