काठमाडौं, १५ जेठ । सरकारले चक्रपथ विस्तारमा आगामी वर्षका लागि रु. २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरेका हुन् ।
चक्रपथको एकान्तकुना, ग्वार्को र अर्को एक स्थानमा फ्लाइओभर बनाइने भएको छ । त्यस्तै कलंकी चक्रपथ सडक खण्डको विस्तारको कार्य थालिने र दुई वर्षमा सम्पन्न गरिने भएको छ ।
तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण पनि आगामी आवमा थालिने पौडेलले बताए ।