चीनको ‘साइनोभ्याक’ कोभिड खोपलाई आपतकालीन प्रयोगका अनुमति

काठमाडौं, १९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा बनेको कोरोना विरूद्धको साइनोभ्याक खोपलाई अपतकालीन प्रयोगको अनुमति दिएको छ ।

चिनियाँ कम्पनी साइनोभ्याक ले तयार पारेको उक्त खोपलाई अनुमति दिइएको हो । यससँगै अब चीनमा बनेका दुई खोपले अनुमति पाएका छन् ।

यसअघि डब्लूएचओले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई प्रयोगको अनुमति दिएको थियो । विश्वभर यो खोप प्रयोगका लागि सुरक्षित भएको पनि डब्लूएचओले जनाएको छ ।

चीनको यो खोप थुप्रै मुलुकमा प्रयोगमा ल्याइसकिएको थियो । यो खोप १८ वर्षभन्दा माथिकालाई चार हप्ताको अन्तरमा दुईवटा डोज लगाउन भनिएको छ ।

यस सम्बन्धी गरिएको रिसर्चमा साइनोभ्याक खोपले लक्षणयुक्त रोग लाग्नबाट जोगाउन सक्ने र गम्भीर बिरामी परि अस्पताल भर्ना हुनुपर्ने स्थितिबाट पनि १०० प्रतिशतले सुरक्षा दिलाउन सकेको पाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here