साताको शेयर बजार: परिसूचक २८५६ विन्दुमा पुग्दा ६७ अर्ब ७९ करोडको कारोबार

काठमाडौं, २२ जेठ । धितोपत्र बजारमा यस साता ६७ अर्ब बढीको कारोबार भएको छ ।

यो साता दुई सय १९ वटा कम्पनीहरुको ६ लाख ९० हजार सात सय ३० पटकको कारोबारमा यो साता १५ करोड ६ लाख १२ हजार सात सय ३८ कित्ता शेयर-खरिद बिक्री भएको छ ।

कुल कारोवार रकम ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार दुई सय ९५ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा बढी हो ।

नेप्सेमा गत साता भने दुई सय २० वटा कम्पनीहरुको पाँच लाख २२ हजार दुई सय ६४ पटकको कारोबारमा ११ करोड ७५ लाख ८३ हजार पाँच सय ३१ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ५० अर्ब ७७ करोड २५ लाख ९४ हजार पाँच सय १६ रुपैयाँ पुगेको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सूचीमा नेपाल पसनर्बीमा, लुम्बिनी बिकास बैंक, नेशनल हाईड्रो पावर कम्पनी, नबिल बैंक आदि परेका छन ।

शेयर कारोवार भएका संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी हिमाल दोलखा हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।

बजार पूँजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदी अगाडी परेका छन् ।

यो साता नेप्से २८५६ दसमलव ६७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १३ दसमलव ११ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here