अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

काठमाडौं, २२ जेठ । अष्ट्रेलियाले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

नेपाललाई उपलब्ध गराएको ती स्वास्थ्य सामग्री काठमाडौं ल्याइएको छ । अष्ट्रेलियाको रक्षा मन्त्रालयको एयरक्राफ्टमा ल्याइएका ती सामग्रीलाई अष्ट्रेलियाली राजदूत फेलोसिटी भल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छिन् ।

कोभिड–१९ प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत ल्याइएको जंगी अड्डाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here