कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान

काठमाडौ २४ जेठ । बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वाट बच्च र बचाउन नेपाल सुनचाँदी ब्यवसायीक महासंघले सचेतना अभियान शुरु गरेको छ ।

अभियानको पहिलो चरण अन्तर्गत महासंघले आइतबार प्राध्यापक डा. जगदिश प्रसाद अग्रवालको प्रमूख आतिथ्यातामा भर्चुवल माध्यमवाट सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

देशभरका झण्डै तीन सय ब्यवसायी सहभागी सो कार्यक्रममा प्राध्यापक डा. जगदिश प्रसाद अग्रवालले पर्याप्त सचेतता अपनाएमा कोभिड हुनवाट वच्न सकिने बताए ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले ब्यवसायीक सचेतनाकालागि आइतबार आयोजना गरेको भर्चुवल बैठकमा प्रमूख अतिथि डा. अग्रवालले अहिलेको अवस्थामा आफ्नो सुरक्षा आफैंगर्न अग्रसर हुनुपर्ने खाँचो औंल्याएका थिए ।

उनले भने ‘कोरोनावाट बच्न रोगप्रतिरोधात्मक शक्ति बलियो हुनुपर्दछ । यसकालागि नियमति र अनुशासितरुपमा अभ्यास गर्नुपर्दछ ।’ इम्युनिटी वनाउने कृयाकलाप गर्ने, स्वस्थ र शुखी रहने, सकारात्मक सोच राख्ने, पर्याप्त सुत्ने, रम्ने रमाउने, जस्ता कार्यहरु गर्दा कोरोना महामारिवाट लाभ पुग्ने डा. अग्रवालले बताउनुभयो । कोरोनाका कारण मृत्युदर बिश्वमा २ प्रतिशत भन्दा बढी रहेपनि नेपालमा त्यो भन्दा कम रहेको प्रष्ट पारे ।

स्वस्थ शरिर नै मानिसको शक्ति हो भन्ने मूल नाराका साथ अगाडि सारिएको सो कार्यक्रममा कास्कको प्रायेग सवैभन्दा महत्वपुर्ण भएको डा. अग्रवालले बताए ।

यस वाहेक हात धुने, सामाजिक दुरी कायम गर्ने र सजग बन्ने नै महत्वपूर्ण उपाय भएको उनले बतए । हावावाट पनि सर्न सक्ने कुरा वाहिर आएकोले अहिले मास्क नै सवैभन्दा बढी महत्वपूर्ण भएको उनले बताए ।

कोरोना लाग्नवाट कसरी वच्ने र लागिसकेपछि के गर्ने र निको भएपछि पनि के कसरी सावधानी अपनाउने भन्ने बिषयमा प्रकाश पारे ।

कार्यक्रमको अद्घाटनकाक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले अहिलेको विकराल अवस्थामा कोरोनावाट बच्नकालागि भ्याक्सिन अपरिहार्य भएको उल्लेख गर्दै यथासिघ्र भ्याक्सिनको ब्यवस्था हुुनुपर्ने आवश्यकता भएका औंल्याए ।

नेपाल सुनचाँदी ब्यसायी महासंघका उपाध्यक्ष एवं ब्यवसायीक हितका निमित्त गठीत समितिका संयोजक पवन कुमार अग्रवालको ग्रसरतामा सो कार्यक्रमको आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here